साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री, नेप्से परिसूचक २१६४ मा

जनता संवाददाता
२०७९ पुष २४ गते, आईतवार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर कारोबार रकम बढेको छ । कुल ५ अर्ब ४३ करोडको कारोबार भएको छ । यसअघि बिहीबार ५ अर्ब ४ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक भने २०.५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१६४ अंकमा कायम भएको छ ।

२ बजेसम्म नेप्से बढेर २१९१ अंकसम्म पुगेपनि त्यसपछि नाफा बुक गर्नेहरु बढ्दा परिसूचकको वृद्धिदर केही सम्हालियो । कुल १३३ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ९ को स्थिर रहृयो । बैंकिङ उपसमूह १२, उत्पादन ६०, माइक्रोफाइनान्स ११ अंक घटे । विकास बैंक १९, फाइनान्स ३५, होटल तथा पर्यटन ११९, जलविद्युत् ५२, जीवन बीमा ४६८, निर्जीवन बीमा ३२२, अन्य १२ र व्यापार उपसमूह ५७ अंक बढे ।

खप्तड लघुवित्त, बाराही हाइड्रोपावर र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्तको ९.५ प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रो, विन नेपाल र सिर्जनशील लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, रिडी पावर, ङादी ग्रुप र अपी पावर क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति : २०७९ पुष २४ गते, आईतवार


Scroll to Top

Janata Media