
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् बैठक सकिएलगत्तै कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका हुन् । भेटमा प्रधामन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन देउवालाई आग्रह गरेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिसकेको छैन । विश्वासको मत दिनेरनदिनेबारे निर्णय गर्न कांग्रेसले भोलि ९मंगलबार० बिहान संसदीय दलको बैठक बोलाएको छ । सोही बैठकले विश्वासको मत दिनेरनदिनेबारे निर्णय लिनेछ ।