झापा र इलाम जोड्ने बिरिङ खोलाको पक्की पुल बाढीले बगायो

जनता संवाददाता
२०८२ श्रावण २८ गते, बुधबार

दमक । झापा र इलाम जोड्ने बिरिङ खोलाको पक्की पुल बुधबार बिहानैदेखि आएको अविरल वर्षाले बगाएको छ। दुई वर्ष अघि आएको बाढीले क्षति पुगेको पुल बुधबार दिउँसो आएको बाढीले बगाएको हो।

अर्जुनधारा नगरपालिका वडा नं ७ स्थित बिरिङ खोलाको पक्की पुल दुई वर्ष अघि वर्षाका कारण भासिएको अवस्थामा नै भएपनि सञ्चालनमा रहदै आएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुलको एक भाग बगाएको छ।

भत्किएको उक्त पुलबाट सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द भएको छ। वैकल्पिक सडकबाट अहिले सवारी साधनहरु आवतजावत हुँदै आएका छन्। मंगलबार बेलुकादेखि झापामा निरन्तर भएको वर्षाले जनजीवन प्रभावित बनेको छ।

प्रकाशित मिति : २०८२ श्रावण २८ गते, बुधबार


Scroll to Top

Janata Media