नेपाली कांग्रेसको प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

जनता संवाददाता
२०७९ पुष २६ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यो निर्णय अब केहीबेरमा संसदीय दलको बैठकबाट अनुमोदन हुने धुम्बाराही बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए । ‘विश्वासको मत दिने भइयो’, उनले भने ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने तालिका छ । प्रधानमन्त्री दाहाल सोमबार साँझ विश्वासको मत माग्न देउवा निवास पुगेका थिए ।

 

प्रकाशित मिति : २०७९ पुष २६ गते, मंगलवार


Scroll to Top

Janata Media