काठमाडौँ । बागमती नदी किनारका अनधिकृत संरचना र बस्ती हटाउने महानगरको चाहानालाई गृह मन्त्रालयले तत्कालका लागि ब्रेक लगाइदिएको छ।
बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ।
नदी किनारमा सुकुम्बासी बस्ती हटाउने भन्दैमा बल प्रयोग गर्न नसकिने संकेत गर्दै गृह मन्त्रालयले काठमाडौं महानगरपालिकालाई घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो।
यस अघि पुस १३ गते रवि लामिछाने गृह मन्त्री भएपछि काठमाडौं महानगरपालिकाले एक पत्र पठाउँदै थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन गृहसँग सहयोग मागेको थियो।
सो पत्रमा थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित र अनधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्य करण गर्ने कार्य तत्काल अगाडि बढाउने कार्यक्रम रहेको बताउँदै सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि महानगरले गृहसँग अनुरोध गरेको थियो।