छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्नेलाई १ लाख दिने

जनता संवाददाता
२०७९ पुष ३० गते, शनिबार

मुगु । जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा पोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराउने भएको छ । छायाँनाथ रारा नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई पोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।

जातीय छुवाछुत तथा विभेद अन्त्यका लागी नेपाल सरकारले पनि विभिन्न नीति बनाएको र त्यस अनुसार यस नगरपालिकाले दलितको हक अधिकारका लागी दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि निति निमार्ण गरेर सभाबाट बहुमतले पास भएकाले त्यसै अनुरुप काम गरिने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

पिछडिएका दलित समुदायको हक अधिकार लागी यस नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिंदै नगर प्रमुख भामले नगरपालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेका र उनीहरुलाई संस्कृति संरक्षण, बाजा संरक्षणको लागी र सीपमुलक आर्यआजनको लागी प्रति घरधुरी पहिलो चरणमा २५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताए । साे भत्ता अन्तिम पाचँ बर्षकाे कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाई छ ।

यसैबीच छायाँनाथ रारा नगरपालिकाले १२औँ विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीकाे समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागी नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९, अपाङ्गता भएका व्यत्तिको हक हितका लागी अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागी अति आवश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखीम न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

विधेयक सभा बिशेष गरेर कानुन निति नियमावली निमार्ण गर्ने भएकाले नगरपालिकाको हित र नागरिकको आवश्यकता अनुसार विभिन्न कानुन निर्माण गर्नुका साथै केही संसोधन पनि भएका छन् । १२औँ विधेयक सभाबाट पास भएका १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका अनुसार नागरिकको वृहतहितका लागी नगरपालिकाले काम गर्ने नगर प्रमुख भामको भनाई छ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार


Scroll to Top

Janata Media