मन्त्री भागबण्डा गर्ने विषयमा ओलीजी र म सहमति नजिक छौं : प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०७९ पुष ३० गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् ।

शनिबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागवण्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार विहान पनि एमाले अध्यक्ष ओलीसाग भेट भएको र सहमतिको नजिक पुगेको उनको भनाइ छ ।

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नियुक्त भइसकेका कतिपय मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छैन ।

 

प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार


Scroll to Top

Janata Media