एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फको उपाधिको लागि पुलिस र न्यू डायमण्ड खेल्ने

जनता संवाददाता
२०७९ पुष ३० गते, शनिबार

काठमाडौँ । सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनल नेपाल पुलिस क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएको सेमिफाइनलमा पुलिसले अर्को विभागीय टिम एपीएफलाई र न्यू डायमण्डले आर्मीलाई पराजित गर्दै फाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो । पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट २५–१५ ले जितेको पुलिसले दोस्रो सेट १७–२५ ले गुमाएको थियो ।

दोस्रो सेट पनि २१–२५ ले गुमाएको पुलिसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै चौथो र पाँचौँ सेट जित्दै फाइनलमा पुगेको हो । चौथो र पाँचौँ सेछ क्रमः २५–२१ र १५–७ ले पुलिसले जितेको थियो ।

त्यस्तै, शनिबार नै भएको अर्को सेमिफाइनलमा साविक विजेता न्यू डायमण्डले आर्मीविरुद्ध ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट नै आर्मीलाई १७–२५ ले सुम्पिएको न्यू डायमण्डले त्यसपछि लगातार २५–१९, २५–१६ र २५–१८ को स्कोरमा जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार


Scroll to Top

Janata Media