वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द, अंक बाँडियो

जनता संवाददाता
२०८० भाद्र १७ गते, आईतवार

निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ।

भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो। श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।

योसँगै पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार


Scroll to Top

Janata Media