यति एयरलाइन्सको विमान दुर्घटना अपडेट : ३६ जनाको शव निकालियो

जनता संवाददाता
२०७९ माघ १ गते, आईतवार

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए ।

उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

प्रकाशित मिति : २०७९ माघ १ गते, आईतवार


Scroll to Top

Janata Media