भारतमा एक नेपालीको मृत्यु

जनता संवाददाता
२०८० भाद्र २७ गते, बुधबार

काठमाडौँ । रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उहाँको मङ्गलबार हृदयाघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए । कोठामै एक्कासि ढलेका साउदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् । रासस

प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार


Scroll to Top

Janata Media