चिसो बढेसँगै धेरै मानिसको शरिरमा विभिन्न किसीमको समस्या देखा पर्न थाल्छ । चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो । अत्याधिक चिसोका कारण धेरैको यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ ।
चिसोबाट हुने यस्ता खालका समस्या हेर्दा सामान्य देखिए पनि समयमै ख्याल नगरे जटिल रुप लिन सक्छ । समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ । तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने हुनसक्छ ।
यो कस्तो रोग ?
- चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो ।
- यो समस्या महिलाहरुमा बढी देखिन्छ ।
- मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ ।
- चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ ।
यसरी गर्नुहोस उपचार ?
- वर्षेनी यो समस्याले सताउने गरेको छ भने चिसो सुरु हुने बित्तिकै रोकथामका उपाय अपनाउनुपर्छ ।
- धेरै चिसो पानी नचलाउने, औँलाहरुलाई न्यानो बनाएर राख्नुपर्छ ।
- सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ ।
- औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन ।
- मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ ।
- प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ ।
- चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहने र मसाज गरिरहनुपर्छ ।
- बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ ।
- लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ ।
- हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ ।
- एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ ।
- छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ ।
- औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ ।
प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार