हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते

जनता संवाददाता
२०८२ श्रावण २६ गते, सोमबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ठेहेको भितर गौडामा बोलेरो जिप दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । सवारी धनिसहित तिन जना सवार रहेको सो बोलेरे जिप आईतबार अपरान्ह दुर्घटना भएको हो ।

खार्पुनाथ गाँउपालिका ५ बाट सिमकोट गाउँपालिका–१ को ग्याग्रु जिउला तर्फ जाँदै गरेको बोलेरो जिप भितरगौडाको उकालो चढ्ने क्रममा उकालो चढ्न नसक्दा सडकमै पल्टीएर दुर्घटनामा परेको हो ।

घाइते हुनेमा खार्पुनाथ गाँउपालिका वडा नम्बर १ गोप्काका गाडि चालक २५ वर्षीय राजु सुनार र उक्त गाँउपालिकाका वडा वडा नम्बर ५ बाम्टाका ३५ वर्षीय मानबिर सुनार रहेको र गाडी साउ खार्पुनाथ गाउँपालिका वडा नम्बर ४, नल्नाका ३२ वर्षीय धिरु भण्डारी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । घाइते हुने दुई जनालाई उदार गरेर जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको र उनीहरूको अवस्था सामान्य रहेको पोखरेलले बताए ।

बागमती प्रदेश २० च ७२७९ नम्मरको बोलेरो जिप सवारी धनि बिरु भण्डारीको भएको र गाडि चालक राजु सुनारले चलाएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । दुर्घटना के कति कारणले भएको हो भन्ने विरिण आउन अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ श्रावण २६ गते, सोमबार


Scroll to Top

Janata Media