सल्यानमा आफ्नै भान्जाको घाँटी रेटेर मामाले गरे हत्या

जनता संवाददाता
२०७९ माघ २ गते, सोमबार

सल्यान । सल्यानमा आफ्नै मामाले भान्जाको हत्या गरेका छन् । आइतबार बनगाड कुपिण्डे नगरपालिका-१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले ८ वर्षीय बालक भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन् ।

घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पा प्रहार गरी भान्जा भिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

‘स्थानीयहरूले मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । प्रहरीसँगको बयानमा देवीदेवताले मागेको भन्दै बलि दिएको भनेको  छ । उनीमाथि अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘अहिले नै घटनाबारे केही भन्न सकिने अवस्था छैन ।’

घटनालगत्तै इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो । पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार


Scroll to Top

Janata Media