हुम्ला । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बिचको विवादका कारण अहिलेसम्म लगभग गाउँपालिका कार्यकारी विहिन नै थियो । विवादका कारण उनीहरुले आ-आफ्नै ढंगले आफु निकट निमित्त तोकेका थिए । तर प्रशासनिक काम भएको थिएन ।
अन्तत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा नन्दराज गिरीलाई नियुक्त गरी पठाएको छ। उनी अहिले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत छन् ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाए सँगै उनी अहिले निलम्बित छन् ।