नाइजेरियामा विष्फोट हुँदा ५४ जनाको मृत्यु

जनता संवाददाता
२०७९ माघ १२ गते, बिहीबार

काठमाडौँ । मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा ५४ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ ।

विष्फोटमा कम्तीमा ५४ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । केही अन्य घाइतेसमेत भएको बताइएको छ । घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् ।

विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ । नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ माघ १२ गते, बिहीबार


Scroll to Top

Janata Media