सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले गरिन् पदभार ग्रहण

जनता संवाददाता
२०७९ माघ ३ गते, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

शर्मा यसअघि पनि केन्द्र सरकारको मन्त्री भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media