आज साँझदेखि मौसममा फेरबदल, राति बर्षा हुने सम्भावना

जनता संवाददाता
२०७९ माघ ९ गते, सोमबार

काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाइ छ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

प्रकाशित मिति : २०७९ माघ ९ गते, सोमबार


Scroll to Top

Janata Media