मृतकका परिवारले क्षतिपूर्ति नपाएपछि जुम्ला बोताका स्थानीयद्धारा सडक अवरुद्ध

जनता संवाददाता
२०८० श्रावण ३० गते, मंगलवार

दिपक बुढा
बोता, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं २ बोता स्थित कर्णाली राजमार्ग स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । गत साउन १४ गते पोलमा चढी विद्युत लाइन तान्ने र विस्तार गर्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी विद्युत तार लपेटी विद्युत पोल ढलाई कर्ण बहादुर रावत शक्त घाइते भई उपचारको क्रममा भारतको लखनऊ पुन्याई उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृत रावलको क्षतिपूर्तिको व्यवस्था होस्, मृतकका बालबच्चाको शिक्षा स्वस्थ्य र गास बासको सुनिश्चित होस् र दोशी ट्रक चालकलाई तत्काल कानुनी कारबाही गरियोस् भन्दै सडक अवरुद्ध गरेका हुन् ।

आज दिनभर सडक अवरुद्ध गरेका छन् भने कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत गमगढी सडख खण्ड अझै बन्द छ ।

पोस्टरमा लेखेका छन्:
यही मिति २०८०।०४।१४ गते कनकासुन्दरी गा.पा. बडा नं. २ मालिकाबोता देउतीमाडु भन्ने स्थानमा राष्ट्रिय विद्युत प्रसारण लाइन तान्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४१ का स्वर्गिय कर्णबहादुर रावल लगायत अन्य कामदारहरू पोलमा चढी विद्युत लाइन तान्ने र विस्तार गर्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी जबरजस्ती गाडी हाँकी विद्युत तार लपेटी विद्युत पोल ढलाई मृतक कर्ण बहादुर रावत सक्त घाइते भई उपचारार्थ भारतको लखनऊ पुन्याई उपचारकै क्रममा मृत्यु हुन गएको र मृतकका बालबच्चाको शिक्षा स्वास्थ्यका लागी आर्थिक सहयोगका लागि सम्बन्धित ट्रक धनी ट्रक व्यावसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तरगत दावासिह जे. भी. धनगढी कैलाली विच पिडित पक्षसंगाको छलफल गर्दा उक्त पिडक पक्षबाट हाम्रो मागको कुनै सुनुवाई नभएकोले हाम्रो माग पुरा नहुन्जेल सम्म तपसिलका माग सहित अनिश्चित कालिन यातायात बन्द गरेका हौ ।
मागहरु
१. मृतक कर्ण बहादुर रावतको क्षतिपुर्तिको व्यावस्था गरियोस् ।
२. मृतकका बालबच्चाको शिक्षा स्वस्थ्य र गास बासको सुनिश्चित होस् ।
३. जोशीलाई तत्काल कानुनी कारबाही गरियोस् ।

 

प्रकाशित मिति : २०८० श्रावण ३० गते, मंगलवार


Scroll to Top

Janata Media