नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, साढे ३ अर्बको कारोबार

जनता संवाददाता
२०७९ माघ ११ गते, बुधबार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.३७ अकंले बढेर २ हजार १ सय ८३.६२ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४८ प्रतिशतले बढेको हो । मंगलबार नेप्से ८.१४ अंकले बढेर बन्द भएको थियो ।

उक्त दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १ सय ५९ कम्पनीको सेयर मूल्य बढेको छ । ४६ वटा कम्पनीको घटेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार ५४ हजार ३ सय ३७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचबाट ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनाका कारोबार रकम बढी हो । मंगलबार सेयर बजारमा ३ अर्ब रुपैयाँ र सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ । बढ्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन लाईफ हाइड्रोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति : २०७९ माघ ११ गते, बुधबार


Scroll to Top

Janata Media