चिवाभञ्ज्याङ पुगेर समापन भयो एमालेको सङ्कल्प यात्रा

जनता संवाददाता
२०८० पुष १ गते, आईतवार

काठमाडौँ । नेकपा (एमाले)ले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरेको छ । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औं दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।

आइतबार चिवाभञ्ज्याङमा पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराएर यात्राको औपचारिक समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले यो यात्रा देश विकासका लागि कोसेढुङ्गा सावित हुने दाबी गरे ।

एमालेको सङ्कल्प यात्रालाई बिथोल्न विकास विरोधी शक्तिले प्रयत्न गरे पनि एमाले नेता कार्यकर्ताको अदम्य साहसबाट यो यात्रा पूरा भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले अब नेकपा (एमाले)लाई कसैले देश विकासका लागि रोक्न र छेक्नसमेत नसक्ने दाबी गरे ।

आइतबार सदरमुकाम फिदिमबाट करिब ५० किलोमिटरको दूरीमा रहेको चिवाभञ्ज्याङबाट कार्यक्रम सकेर साँझ फिदिममा नै फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : २०८० पुष १ गते, आईतवार


Scroll to Top

Janata Media