अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

जनता संवाददाता
२०७९ माघ १३ गते, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।

अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो ।

शिक्षामन्त्रीले शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले पुत्ला दहन गरेको हो ।

अनेरास्ववियूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै राजीनामासमेत माग गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते, शुक्रबार


Scroll to Top

Janata Media