गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ‘प्रचण्ड’ लाई

जनता संवाददाता
२०७९ माघ १४ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले आजै उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

लामिछाने राजीनामा बुझाएपछि उनले सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिएका हुन् । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेलाई दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गुमेको हो ।

अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सो ठहर गरेको हो ।

प्रकाशित मिति : २०७९ माघ १४ गते, शनिबार


Scroll to Top

Janata Media