काठमाडौँ । विभागीय टिम नेपाल एपीएफ क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशले एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट एपीएफलाई १६–२५ ले सुम्पिएको थियो । दोस्रो र तेस्रो सेट २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो सेटमा २६–२८ ले एपीएफविरुद्ध गण्डकी स्तब्ध बनेपछि खेल पाँचौँ सेटतर्फ धकेलिएको थियो । पाँचौ सेटमा गण्डकीले एपीएफलाई १५–८ ले हराउँदै उपाधि जितेको हो ।
आजै भएको खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो बनेको छ । च्याम्पियन बनेको गण्डकीले ट्रफिसँगै पाँच लाख रुपैयाँ नगद पाएको छ । उपविजेता बनेको एपीएफले दुई लाख लाख पाँच हजार रुपैयाँ पाएको छ । तेस्रो बनेको पुलिसले एक लाख २५ हजार रुपैयाँ पाउँदा चौथोमा सीमित बनेको आर्मीले ६५ हजार रुपैयाँ पाएको हो ।
आजै भएको महिलातर्फकाे फाइनल एपीएफले जितकाे छ । साविक विजेता एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।







