हुम्लाका एक युवा सुर्खेतमा मृत फेला

जनता संवाददाता
२०७९ माघ १७ गते, मंगलवार

सुर्खेत । हुम्लाका एक युवा सुर्खेतमा मृत भेटिएका छन्।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्ला स्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १७ गते, मंगलवार


Scroll to Top

Janata Media