आज – १८ माघ २०७९ बुधवार, यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०७९ माघ १८ गते, बुधबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ पनि दिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको दर्शनले काम सम्पन्न गर्न मद्दत पुर्याउने र यात्राले शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । यात्राले दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भविष्य र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वाणीमा कुशलता आउने दिन पनि हो ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक जमघट र भेटघाट हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुने र मन खुसी हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रकाशित मिति : २०७९ माघ १८ गते, बुधबार


Scroll to Top

Janata Media