हुम्लाको एक घरमा मोबाइलको व्याट्री पड्केर आगलागी

जनता संवाददाता
२०७९ कार्तिक १४ गते, सोमबार

सिमकोट । मोवाइलको ब्याट्री पड्केर खार्पुनाथ गाउँपालिकाको रायाका सान्ते बुढाको घरमा आगलागी भएको छ ।

आइतबार अपरान्ह भएको आगलागीमा लाखौको क्षती भएको स्थानीय टेकबहादुर बुढाले जानकारी दिए । मोवाइलको व्यट्री चार्ज गरिरहेका बेला व्याट्री पड्केर भएको आगालागीमा घरमा भएको लिउ, खाटमा भएका अन्नपातभाँडा वर्तन सबै जलेर नष्ट भएको बताइएको छ ।

आगलागीमा घरमा भएको १ लाख २० हजार नगदसहित कागजात समेत जलेर अण्दाजी १२ लाख बराबरको क्षती भएको दावी गरिएपनि प्रहरीको मुचुल्का भए आइनपुगेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते, सोमबार


Scroll to Top

Janata Media