रास्वपाको बैठक सकियो, आज फेरी अर्को बैठक बस्ने

जनता संवाददाता
२०७९ माघ २२ गते, आईतवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को आकस्मिक बैठक सकिएको छ। वसुन्धरास्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकमा गठबन्धनसँगको सहकार्य, सत्ता साझेदारी, गृहमन्त्रालयको विषयमा छलफल भएको सांसद सन्तोष परियारले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको उनले जानकारी दिए। आइतबार बिहान साढे ११ बजे बस्ने अर्को बैठकले सत्ता साझेदारी र समसामयिक राजनीतिक घटनाका विषयमा निर्णय गर्ने उनको भनाइ छ ।

बैठकमा केही नेता उपस्थित हुन नसकेका कारण आइतबार अर्को बैठक बस्ने निर्णय भएको उनले जानकारी दिएका हुन्।

प्रकाशित मिति : २०७९ माघ २२ गते, आईतवार


Scroll to Top

Janata Media