
काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र घटना शंकास्पद रहेको हुनसक्ने भन्दै प्रहरीले अन्त्येष्टिका तयारीगरिरहेको शव नियन्त्रणमा लिएको हो ।
उक्त १७ महिनाको शिशु कान्छीमाया तामाङको तारकेश्वर नगरपालिका–३ चिसापानीमा खेल्ने क्रममा पानीको बाल्टीमा डुबेर घाइते भएपछि कान्ती बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परीवारिक स्रोतले जनाएको छ ।
शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।