टर्की भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ३५ सय नाघ्यो

जनता संवाददाता
२०७९ माघ २४ गते, मंगलवार

काठमाडौँ । टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ सय नाघेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै हजारौंको संख्यामा घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो गोजियन्तेप क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको थियो । टर्कीको विपत् एजेन्सीका अनुसार भूकम्पका कारण टर्कीमा मात्रै २९ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

तर त्यसबीचमा सयौं परकम्प गएका थिए । सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ नाघिसकेको छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार


Scroll to Top

Janata Media