‘प्रणय’ सप्ताह सुरु, आज ‘राेज डे’

जनता संवाददाता
२०७९ माघ २४ गते, मंगलवार

काठमाडौं । प्रेमी–प्रेमिकाका लागि ‘प्रेम’ एक प्रकारको औषधि हो। प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर र सीमा हुँदै। प्रेमको प्रतीकका रुपमा रहेको यो साता ‘राेज डे’बाट सुरु भएर ‘भ्यालेन्टाइन डे’सँगै समापन हुनेछ।

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन ‘रोज डे’। प्रेमको प्रतीक हो गुलाफ। गुलाफका विभिन्न रंगले विभिन्न अर्थ दिन्छन्। प्रेमी–प्रेमिकाहरू ‘रोज डे’मा गुलाफ बाँड्छन्।

एक वर्षदेखि प्रतिक्षामा रहेका प्रेमी–प्रेमिकाहरूका लागि ‘प्रणय दिवस’ लोकप्रिय छ। हप्ताभरि उनीहरूले एकअर्कालाई फूल, चकलेटजस्ता उपहार दिएर प्रेम प्रदर्शन गर्छन्। ‘भ्यालेन्टाइन डे’काे आफ्नै महत्व छ।

सामाजिक सञ्जालमा पनि युवा–युवतीहरूले शायरी सन्देश दिइरहेका छन्। हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म प्रणय दिवस मनाइँदै आएको छ।– ७ फेब्रुअरी रोज डे

प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार


Scroll to Top

Janata Media