बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ ।
बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ नागरिक, २१ जना एकल महिला र ८ जना अपाङ गरी ४ सय ४६ जनालार्ई चिसो छल्न न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर हमालले बताएका छन् ।
वडा भित्रका गरिब तथा विपन समुदायका बालबालिका, जेष्ठ नागरिक, अपाङ र एकल महिलालाई लक्षित गरी साढे ४ लाख बढीको न्यानो लुगा वितरण गरिएको २ का वडा अध्यक्ष डम्वर महतले बताएका छन् ।







