
सल्यान । सल्यानमा बुधबार राति दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुईको अवस्था गम्भीर रहेको छ ।
श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प १५६३ नम्बरको मोटरसाइकल राप्ती राजमार्गअन्तर्गत शारदा नगरपालिकाको २ जोगदेखोला नजिकै आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा सिद्धकुमाख गाउँपालिका ३ का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ का अर्जुन बुढाथोकी, १५ का शिशिर बुढाथोकी, हल्चौरका १८ वर्षीय हिमाल बुढाथोकी, गिठाचौरका १८ वर्षीय डिल्लीराज बोहरा, शारदा नगरपालिका २ पटनेरीका १४ वर्षीय अनिल शाही रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।