यती होल्डिङ्स बारे छानबिन गर्न सरकारलाई ओलीको चुनौती

जनता संवाददाता
२०८० भाद्र १७ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्स प्रकरणको बारे छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यती होल्डिङ्सले कहाँ कहिले नेपाल ट्रष्टको जग्गा लिजमा लिएको हो भन्ने कुराको छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।

‘गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको हो त्यस्तै दरवारमार्गको जग्गा प्रचण्ड प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको हो, त्यस्तै छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको हो ।’ ओलीले भने ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार


Scroll to Top

Janata Media