रविको पत्रकार सम्मेलनको जिम्मा लिन्न – रास्वपा केन्द्रिय सदस्य अरनिको पाँडे

जनता संवाददाता
२०७९ माघ २५ गते, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बोलेको विषयको जिम्मेवारी नलिने बताएका छन् ।

उनले ट्वीट गर्दै छलफलबाट भएको सरकारबाट बाहिने निर्णयलाई आफूले स्वामित्व लिए पनि पत्रकार सम्मेलनको आफू हिस्सा नभएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी एक नेताको भावनाबाट माथि उठेर युवा, सीमान्तकृत र आशा गरिएको नेपालका लागि खडा हुनुपर्छ ।’

प्रकाशित मिति : २०७९ माघ २५ गते, बुधबार


Scroll to Top

Janata Media