हुम्लाको सिमकोटमा भोलि सार्वजनिक बिदा

जनता संवाददाता
२०७९ फाल्गुन ११ गते, बिहीबार

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले भोलि शुक्रबार १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकामा रहेका आठ ओटा वडामध्ये चर ओटा वडामा स्थानीय पर्व पैकेलो मनाउने हुँदा सार्वजनि बिदा गर्ने निर्णय गरिएको कार्यवाह अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।

गाउँपालिकाको साहि वडाहरुमा विगत दखि नै पैकेलो पर्व मनाउने गरेको पाईन्छ ।

यस पर्वका अवसरमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था, शिक्षण संस्था र वडा कार्यालयमा सार्वजनिक बिदा दिईएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले कार्यपालिकाको बैठक बसेरै पहिलो पटक चैतलो पर्वका लागि सार्वजनिक बिदा दिने निणर्य गरेको हो । अन्य संस्थामा सार्वजनिक बिदा दिएपनि स्वास्थ्य संस्था जस्तो अति संवेदनशील क्षेत्रमा आकस्मिक सेवा दिनुपर्नेमा स्थानीयको जोड छ ।

सूचना हेर्नुहोस्:

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते, बिहीबार


Scroll to Top

Janata Media