स्रोत नखुलेको नगत सहित विराटनगरबाट एकजना पक्राउ

जनता संवाददाता
२०७९ माघ २६ गते, बिहीबार

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१९ का ४२ वर्षीय सञ्जीवकुमार साह रहेका छन् ।
प्रहरीले बुधबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सञ्जीवकुमार साहको साथबाट ९ लाख २० हजार रूपैया बरामद गरेको हो ।

साह बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकलमा सवार थिए ।

विराटनगर–१० राति साढे ८ बजे चेकजाँच गर्दा उनको साथबाट रकम बरामद भएको थियो ।

बरामद रकमको स्रोत नखुलेको प्रहरीले बताएको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ ।

पक्राउ परेका पुरुषमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ माघ २६ गते, बिहीबार


Scroll to Top

Janata Media