अदानचुली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच सम्झौता

जनता संवाददाता
२०७९ माघ २९ गते, आईतवार

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच सम्झौता भएको छ । स्थानीय रैथाने बालीहरुको खरिद, संकलन, मुल्य श्रृङ्खला र बजारिकरण सम्बन्धि समझदारी सहित सम्झौता भएको हो ।

संघीय सरकारको आर्थिक वर्ष २०७९०/८० को बजेट वक्तव्यको बुँदा नं ४७ विविधिकरणर विशिष्टिकरणका माध्यमबाट उत्पादन, उत्पादकत्व वृद्धि, मुल्य, गुणस्तर र बजारीकरणमा आवश्यक समझदारी गरी सहकार्य गर्ने उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा भनिए अनुसार गाउँपालिकाले स्थानीय रैथाने बालीहरु खरिद, संकलन गर्ने व्यापार कम्पनी लिमिटेडले ढुवानी गरी बजारसम्म पुर्याउने छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष मोहन विक्रम सिंह र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता लागु भएको मितिदेखि आर्थिक वर्ष २०८/०८१ सम्म लागु हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ

हेर्नुहोस् सम्झौता पत्र:

प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार


Scroll to Top

Janata Media