प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म : उपेन्द्र यादव

जनता संवाददाता
२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन् ।

कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरुले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो,’ यादवले भने ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार


Scroll to Top

Janata Media