कागेश्वरी मनोहरामा आज शोक बिदा, वडाध्यक्ष थापाको निधन

जनता संवाददाता
२०८२ मंसिर १९ गते, शुक्रबार

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको निधनको शोकमा आज नगरपालिकामा बिदा दिइएको छ ।

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार वडाध्यक्ष थापाको निधन भएको थियो । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिइएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते, शुक्रबार


Scroll to Top

Janata Media