आज – ०५ फाल्गुण २०७९ शुक्रवार, यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०७९ फाल्गुन ५ गते, शुक्रबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते, शुक्रबार


Scroll to Top

Janata Media