युट्युब ट्रेन्डिङ १ मा ‘छक्का पञ्जा ४’ को ट्रेलर

जनता संवाददाता
२०७९ फाल्गुन ९ गते, मंगलवार

काठमाडौं । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हेमराज बिसीले निर्देशन गर्नुभएको हो भने फिल्ममा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बास्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक राज गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो ।

फिल्मका कार्यकारी निर्माताहरू केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार


Scroll to Top

Janata Media