अव्यवस्थित घर टहरा, पोल र पाइप लाईन व्यवस्थित गर्न छायाँनाथ रारा नगरपालिकाको १५ दिने अल्टिमेटम

जनता संवाददाता
२०७९ फाल्गुन १४ गते, आईतवार

मुगु । मुगु छायाँनाथ रारा नगरपालिकाले अव्यवस्थित बिजुलीका पोल, टेलिकमका पोलर खानेपानीका पाइप लाईन व्यवस्थित गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

नगरपनलिकालाई सुन्दर, सभ्य बनायने योजनासहित पहिलो चरणमा सार्वजनिक जग्गा मिचेर बनाईएका बार्दली, घर टहरा भर्याङ भत्काउने काम सकिएको र दोस्रो चरणमा १५ दिनभित्र अव्यवस्थित घर टहरा हटाउन घर धनिहरुका लागि सूचना टाँस गरिएको भन्दै अव्यवस्थित बिजुलीका पोल, टेलिकमका पोलर खानेपानीका पाइप लाईन व्यवस्थित गर्न १५ दिने अल्टिमेटम दिएको हो ।

सूचनामा भनिएको छ, ‘छायाँनाथ रारा नगरपालिकाले नीति नियमा रहि विभिन्न मितिमा सार्वजनिक सूचना जारी गरेर गमगढी बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन आग्रह गरेको सर्व विदितै छ । पहिलो चरणमा सार्वजनिक जग्गा मिचेर बनाईएका भर्याङ, बादली, रेलिङ्ग, लगायतका हटाउने काम भएको जानकारी गराउदै दोस्रो चरणमा सार्वजनिक जग्गा मिचेर बनाईएका घर, टहरा हटाउने निर्णय बमोजिम १५ दिने सुचना सम्बन्धित घरमा टाँस गरिएको र सूचना मा हटाउनु पर्ने ब्यहोराका बारेमा पत्रमा उल्लेख गरिएकाले तपशिल बमोजिमका व्यक्तिले यो सूचनाका आधारमा आफै सार्वजनिक जग्गामा भएका संरचना हटाउन अनुरोध छ ।’

सूचनामा ३१ जना घर धनिको नाम उल्लेख गरी हटाउनुपर्ने संरचना समेत उल्लेख गरिएको छ ।

नगरपालिकाद्धारा जारी गरिएका दुई छुट्टाछुट्टै सूचना हेर्नुहोस्:

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते, आईतवार


Scroll to Top

Janata Media