रास्वपाले गर्यो सात ओटै प्रदेशमा प्रदेश नेतृत्व चयन

जनता संवाददाता
२०७९ फाल्गुन १७ गते, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश सभापति चयन गरेको छ । सभापति चयनसँगै समिति गठन समेत गरेको छ ।

प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धीरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते, बुधबार


Scroll to Top

Janata Media