
काठमाडौँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार दशरथ रंगशालामा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औँ मिनेटमा अनन्तले हेडरमार्फत गोल गरे भने ५६ औं मिनेटमा नवयुगले गोल थपे ।
खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । अब चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ भने लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ ।
प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।