गोरखामा एसइईको तयारी पुरा, प्रश्न पत्र ढुवानीको काम सुरु

जनता संवाददाता
२०७९ चैत्र ९ गते, बिहीबार

साइराम उपरकोटी, गोरखा । यहि १७ गते देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइई को गोरखा जिल्लामा तयारी पुरा भएको छ। जिल्ला शिक्षा अधिकारी सुवास चन्द्र आर्चायका अनुसार एसइईको तयारी पुरा भएको हो।

गोरखा जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई दिने नियमित, गेड्र विद्धी र प्राविधिक एसएलसी गरी ३८४४ जना विद्यार्थी सहभागी हुने उनले बताए। परीक्षामा १ सय ३४ वटा निजी र सरकारी विद्यालयहरु सहभागि हुने बताए।

उनले भने, ‘हाम्रो जिल्लामा सबै भन्दा कम विद्यार्थीले परीक्षा दिने ६ जना रहेका छ भने सबै भन्दा धेरै विद्यार्थी १२३ जना रहेको छ। परीक्षा समितिको बैठक बसर प्रश्न पत्र रुजु गरेका छौँ। केन्द्राध्यक्ष नियुक्ती गर्ने क्रम जारी छ। निर्णय भइ सकेको छ। पत्र आउन बाँकि छ।’

उनले गतवर्ष २५ वटा परिक्षा केन्द्र भएपनि यस वर्ष भने २३ वटा परीक्षा केन्द्र रहेको बताए। त्यस्तै विद्यार्थी पनि यस वर्ष ६ सय ५० कम भएको बताए।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते, बिहीबार


Scroll to Top

Janata Media