हुम्लाको चंखेली स्थित कर्णाली नदिमा बेवारिसे लास फेला

जनता संवाददाता
२०७९ चैत्र १३ गते, सोमबार

दिपक बुढा, हुम्ला । चङ्खेली गाउँपालिका– ४ को पिप्लाङ गाउँ तल पर्ने दर्बी कर्णाली नदीमा एउटा लास भेटिएको छ । पिप्लाङ गाउँका दुई जना युवाले माछा छार्नका लागि जाल हाल्न जाने क्रममा नदीको बीच भाग रहेको ढुङ्गामा लास अड्किएको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले लास नदीको बीच भागमा भेटिएको जानकारी प्राप्त भएको बताउनुभयो । लास पिप्लाङकै गाराडिली भन्ने स्थानमा भेटिएको हो ।

घटनाबारे जानकारी भएलगत्तै जिल्लाबाट प्रहरी निरीक्षक सीताप्रसाद चौधरीको टोली घटनास्थलतर्फ सोमबार बिहान लागेको छ । पिप्लाङबाट गत मङ्सिर ८ गते एक जना युवा बेपत्ता भएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते, सोमबार


Scroll to Top

Janata Media