मृतक संसारको परिवारलाई सिमकोट गाउँपालिकाको १५ हजार आर्थिक सहयोग

जनता संवाददाता
२०७९ चैत्र २० गते, सोमबार

हुम्ला । मृतक संसार घर्ती मगरका परिवारलाई हुम्लाको सिमकोट गाउँपालिकाले नगद रु १५,००० (पन्ध्र हजार) आर्थिक सहयोग गरेको छ । गत चैत १२ गते चंखेली गाउँपालिका – ४ स्थित देशीखोला र कर्णाली नदीको बिच (दोभान) भेटिएको युवकको शव परिचान भएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका ६ रुकुम पुर्वका २२ वर्षिय संसार घर्ती मगरको शव रहेको खुलेको थियो।

त्यस पश्चात शवको पोर्टमार्टम गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले उक्त रकम अर्थात चेक मृतककी आमालाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते, सोमबार


Scroll to Top

Janata Media