मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

जनता संवाददाता
२०७९ चैत्र २२ गते, बुधबार

मुगु । मुगुमा एक प्रहरी जवानले आत्म हत्या गरेका छन् ।

जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ देवभक्त बुढाका छोरा २६ वर्षिय अनिल बुढाले बुधवार दिउँसो अन्दाजि २ :४५ बजेतिर आत्म हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डी आत्म हत्या गरेको गरेको जनाएको छ ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटि आई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी निरिक्षक भोपेन्द्र कुमार बुढाथोकिले बताए ।

उनका अनुसार मृतक बुढाको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको बताए ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते, बुधबार


Scroll to Top

Janata Media