हुम्लाको अदानचुलीमा नेपाल टेलिकमको फोरजी चल्यो

जनता संवाददाता
२०८१ फाल्गुन ९ गते, शुक्रबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको टावर जडान भएपछि पहिलोपटक अदानचुलीमा फोरजी सेवा सञ्चालनमा आएको हो ।

आज शुक्रवार परीक्षणका रुपमा खोलिएपनि भोलि शनिवारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइने गाउँपालिका स्रोतले जनाएको छ । यसले हुम्लाको ताँजाकोट, सर्केगाड र चंखेलीका केही क्षेत्र र मुगुको सोरुमा पनि आंशिक रुपमा काम गर्ने जनाइएको छ ।

गाउँपालिकामा पहिलोपटक फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयहरु खुसी भएका छन् । यसलाई थप प्रभावकारी बनाउन गाउँपालिका कटिबद्ध भएर लाग्ने गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले जानकारी दिए ।

यस्तै विकासका काममा बढि प्राथमिकता दिएर अदानचुलकिा जनतालाई सहज बनाउनुका साथै प्रविधिसँग जोड्ने अध्यक्ष सिंहले बताएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते, शुक्रबार


Scroll to Top

Janata Media